२०८२ कार्तिक १२ गते, बुधबार १३:२४

सरकारको चरम लापरबाहीका कारण झाडा पखालाको संक्रमण फैलिएको हो : डा. सिंह

वीरगन्ज-
नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको कमजोरीका कारण पर्सा जिल्लामा झाडा पखालाको संक्रमण फैलिएको चिकित्सकहरूले बताएका छन् । खानेपानीको अभावलाई सम्बोधन गर्न तीनै तहका सरकारले हचुवाका भरमा डिप बोरिङ गराई वितरण गरेकै कारण अहिले झाडा पखालाको प्रकोप देखिएको चिकित्सकहरूको आरोप छ ।

वीरगन्ज तथा आसपासमा पानीको अभावलाई योजनाबद्ध रूपमा समाधान नगरेकाले पानीको मुहान नै संक्रमित भई व्यक्तिहरू बिरामी भएको चिकित्सकहरूले आशंका व्यक्त गरेका छन् ।

दुई महिना अघि वीरगन्ज र आसपासका क्षेत्रमा देखिएको पानीको अभावलाई सम्बोधन गर्न तीनै तहका सरकारले डिप बोरिङ गर्दा अपनाउनुपर्ने सावधानी नअपनाई जथाभावी रूपमा खानेपानीको पाइप ओछ्याई वितरण गर्दा पानीमा संक्रमण फैलिएको नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा. निरज सिंहले जानकारी दिए ।

डिप बोरिङको पानी आपूर्ति गर्दा पाइप नालाभित्रै गलिरहेको र नालाको फोहर पानी खानेपानीमा मिसिएको कारण बिरामी हुने सम्भावना उच्च रहेको उनको भनाइ छ ।

जीवनको मुख्य स्रोत मानिने शुद्ध खानेपानी वितरणमा तीनै तहका सरकारले देखाएको लापरबाहीका कारण वीरगन्जसहितका क्षेत्रमा झाडा पखालाको महामारी फैलिएको डा. सिंहले बताए ।

सबैभन्दा पहिले महामारी देखिएको वीरगन्जको मुर्ली, नगवा, श्रीपुर लगायतका स्थानमा खानेपानीको पाइप नालामै डुबेको अवस्थामा फेला परेका छन् । सोही नालाको फोहर पानी शुद्ध खानेपानीमा मिसिएपछि बिरामीमा झाडा पखालाको संक्रमण फैलिएको चिकित्सकहरूको अनुमान छ ।

वीरगन्जमा अहिले देखिएको संक्रमणको मुख्य दोष संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहका जिम्मेवार व्यक्तिहरू नै भएको डा. सिंहको भनाइ छ । पानीजस्तो संवेदनशील वस्तुको वितरणमा सरकारहरूले देखाएको चरम लापरबाहीका कारण हजारौँ मानिसको ज्यान जोखिममा परेको उनको भनाइ छ ।

प्रभु ग्रुपको प्रभु म्यानेजमेन्ट प्रालि ठगी प्रकरणमा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ

काठमाडौं – प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिसम्बन्धी ठगी प्रकरणमा नेकपा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक

प्रभु ग्रुपको प्रभु म्यानेजमेन्ट प्रालि ठगी प्रकरणमा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ

काठमाडौं – प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिसम्बन्धी ठगी प्रकरणमा नेकपा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक

राजनीति

पोडकास्ट सुन्नुहोस