२०८३ आश्विन २० गते, मंगलवार ०५:०८

फेवाताल जग्गा प्रकरणमा गृहमन्त्री सुदन गुरुङलाई हर्कको कडा प्रश्न, सत्य के हो, खुलाएर भन्नुस्

काठमाडौं –

पोखराको फेवाताल किनारको २० रोपनी जग्गा प्रकरणले राजनीतिक वृत्त तताउँदै गर्दा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ ले गृहमन्त्री सुदन गुरुङलाई खुला रूपमा जवाफ दिन चुनौती दिएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले गृहमन्त्रीसँग सोधिएको प्रश्न व्यक्तिगत नभई जनताको सरोकारको विषय भएको स्पष्ट पारेका छन् । “फेवातालमा २० रोपनी जग्गा तपाईंको नाममा छ भन्ने चर्चा चलिरहेको छ, यसको वास्तविकता के हो ? पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नुस्,” उनले आग्रह गरेका छन् ।

फेवाताल किनारको उक्त जग्गा प्रकरणले यतिबेला सामाजिक सञ्जालमा तीव्र बहस सिर्जना गरेको छ । साम्पाङले भनेका छन्—काम गर्ने मान्छेलाई आलोचना आउनु स्वाभाविक भए पनि यस्ता गम्भीर आरोपमा मौन बस्नु उचित नहुने बताए ।

उनले गृहमन्त्रीसँग जोडिएका अन्य दुई मुद्दा पनि स्मरण गराएका छन्,भदौ २४ गतेको जेनजी आन्दोलनमा संलग्न दोषीमाथि कारबाही र जीबी राई लाई पक्राउ गरी रवि लामिछाने लाई न्याय दिनुपर्ने विषय ।

साम्पाङले गृहमन्त्रीलाई सम्बोधन गर्दै लेखेका छन्, “तपाईं मेरो लागि भाइ र साथी हुन सक्नुहुन्छ, तर राज्यको हिसाबले तपाईं गृहमन्त्री हुनुहुन्छ । त्यसैले नैतिकताको प्रश्नमा स्पष्ट जवाफ दिनैपर्छ । नत्र जनताको विश्वास डगमगाउँछ ।”

उनको चेतावनी पनि त्यत्तिकै तीक्ष्ण छ । यदि गृहमन्त्रीले समयमै प्रष्टिकरण नदिए जनताले विश्वास गुमाउने मात्र होइन, राज्य संयन्त्रप्रति नै असर पर्न सक्ने संकेत गरेका छन् ।

यो अभिव्यक्तिपछि अब सबैको नजर गृहमन्त्रीको प्रतिक्रिया तर्फ केन्द्रित भएको छ,के उनले सार्वजनिक रूपमा प्रष्टिकरण दिनेछन्, वा विवाद अझै चर्किनेछ?

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस