२०८२ कार्तिक १२ गते, बुधबार १२:२०

अमेरिकाले भारतीय बस्तुमा आजदेखि ५० प्रतिशत कर लगायो

काठमाडौं-

संयुक्त राज्य अमेरिकाले भारतबाट आयात हुने बस्तुमा आजदेखि ५० प्रतिशत कर लगाएको छ । अमेरिकी सरकारले भारतीय सामान आयातमा २७ अगस्ट बिहान साढे ९ बजेदेखि थप २५ प्रतिशत अतिरिक्त कर लगाउन सुचना जारी गरेको छ । यस अघि अमेरिकाले भारतीय बस्तु आयातमा २५ प्रतिशत कर लगाउँदै आएको थियो ।

अमेरिकाले भारतबाट आयात हुने कपडा, गहना, छाला उत्पादन, मेसिनरी, फर्निचर र सामुद्रिक वस्तुमा थप २५ प्रतिशत शुल्क लगाउँदै कुल ५० प्रतिशत शुल्क असुल्ने घोषणा गरेको छ । औषधि, इस्पात, तामा, एल्युमिनियम र यात्रुवाहक सवारी साधनमा भने यो अतिरिक्त शुल्क लागू हुनेछैन । यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अगस्ट ६ मा जारी कार्यकारी आदेशअनुसार भारतले रुसबाट सस्तोमा पेट्रोलियम पदार्थ खरिद गरिरहेको आरोपमा लिइएको हो ।

भारतीय उद्योगी र निर्यातकर्ताले अमेरिकाको कदमले निर्यातमा ठूलो ह्रास ल्याउने र नाफामा प्रत्यक्ष असर पार्ने बताएका छन् । भारतको वाणिज्य मन्त्रालयले निर्यातकर्तालाई जोगाउन उपाय गर्ने आश्वासन दिएको छ, तर अहिलेसम्म अमेरिकाविरुद्ध प्रतिशोधात्मक कदम उठाएको छैन ।

प्रधानमन्त्री नरेन्द्र मोदीले दबाब सहँदै पनि किसान र साना व्यवसायीलाई हानी हुन नदिने प्रतिबद्धता जनाएका छन् । रिजर्भ बैंकका गर्भनरले शुल्कको समग्र अर्थतन्त्रमा न्यून प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन् भने विदेशमन्त्री एस. जयशंकरले ट्रम्पको कदमलाई “अन्यायपूर्ण र अव्यावहारिक” भन्दै कुनै सम्झौता नगर्ने अडान दोहोर्याएका छन् ।

प्रभु ग्रुपको प्रभु म्यानेजमेन्ट प्रालि ठगी प्रकरणमा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ

काठमाडौं – प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिसम्बन्धी ठगी प्रकरणमा नेकपा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक

प्रभु ग्रुपको प्रभु म्यानेजमेन्ट प्रालि ठगी प्रकरणमा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ

काठमाडौं – प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिसम्बन्धी ठगी प्रकरणमा नेकपा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक

राजनीति

पोडकास्ट सुन्नुहोस