२०८२ कार्तिक १३ गते, बिहीबार ०२:२७

बारामा बाघको आक्रमणमा परी एक जनाको मृत्यु

बारा —

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२, २ नं. पुल निवासी ५५ वर्षीय कृष्ण प्रसाद शर्माको बाघको आक्रमणमा परी मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आज (बुधबार) बिहान करिब ७:३० बजे स्कुटरमा आधाभार जंगलतर्फ घाँस काट्न गएका शर्मा घर नफर्किएपछि आफन्तले खोजतलास गरेका थिए। खोजतलासका क्रममा जंगलभित्र स्कुटर र घाँस भेटिए पनि उनी फेला परेनन्। त्यसपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए।

प्रहरी र स्थानीयको खोजतलासका क्रममा घटनास्थलनजिकै चप्पल र रगतको दाग भेटिएको थियो। पछि दिउँसो प्रहरी टोली र आधाभार ब्यारेकबाट खटिएको नेपाली सेनाको संयुक्त टोलीले जंगलभित्र उनको शव फेला पारेको हो।

प्रहरीका अनुसार शवको टाउको नभएको र बाघले आक्रमण गरेको अवस्थामा भेटिएको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रभु ग्रुपको प्रभु म्यानेजमेन्ट प्रालि ठगी प्रकरणमा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ

काठमाडौं – प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिसम्बन्धी ठगी प्रकरणमा नेकपा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक

राजनीति

पोडकास्ट सुन्नुहोस