२०८२ कार्तिक १३ गते, बिहीबार ०२:२७

हैजा भयावहः वीरगन्जमा संक्रमितको संख्या ५२८ पुग्यो

एकैदिन १0६ जना हैजा संक्रमित थपिए
नारायणी अस्पताल

वीरगन्ज–

वीरगन्जमा बुधबार एकैदिन १0६ जना नयाँ हैजा संक्रमित थपिएका छन्। यससँगै जिल्लामा दर्ता भएका संक्रमितको संख्या ५२८ पुगेको छ।

जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिका प्रवक्ता सुमनचन्द्र ठाकुरका अनुसार, संक्रमितमध्ये २५७ जना उपचारपछि घर फर्किसकेका छन् भने २७१ जना विभिन्न अस्पतालमा उपचाररत छन्। उपचाररतमध्ये ३५ जना आईसीयू, ४ जना एचडीयू र २३२ जना जनरल वार्डमा उपचाररत छन्।

नारायणी अस्पतालमा १ सय ५८, वीरगन्ज हेल्थ केयर अस्पतालमा २४, तराई हस्पिटलमा ४२, नेसनल मेडिकल कलेज १९, प्रभु अस्पतालमा ७, सर्वोत्तममा ६, एडभान्स, नारायणी सेन्ट्रल र नीलकण्ठ हस्पिटलमा ४/४ जना, भवानी अस्पतालमा २ र नेपाल मेडिसिटी बयोधामा १ जनाको उपचार चलिरहेको छ।

वीरगन्ज महानगरपालिकाले जनचेतनामूलक घरदैलो अभियान पनि सञ्चालन गरेको छ। स्वास्थ्यकर्मीहरूले नगरबासीलाई पानी उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र पिउन, खाना ढाकेर राख्न, फोहर खुला स्थानमा नफ्याँक्न, खुला स्थानमा दिसा–पिसाब नगर्न र साबुनपानीले हात धुनुपर्ने विषयमा सचेत गराइरहेका छन्।

प्रभु ग्रुपको प्रभु म्यानेजमेन्ट प्रालि ठगी प्रकरणमा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ

काठमाडौं – प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिसम्बन्धी ठगी प्रकरणमा नेकपा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक

राजनीति

पोडकास्ट सुन्नुहोस