२०८३ भाद्र २२ गते, सोमबार २१:२१

साउथ अस्ट्रेलियासँग नेपाल तीन विकेटले पराजित

काठमाडौं –

नेपाली टोली आफ्नो तेस्रो अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग तीन विकेटले पराजित भएको छ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रन बनाएको थियो।

नेपालले दिएको १४७ रनको लक्ष्य साउथ अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै भेट्टाएको थियो ।

जितका लागि १ बलमा ४ रन चाहिएको अवस्थामा अन्तिम बलमा र अस्ट्रेलियाका ब्राउनले चौका प्रहार गर्दै  जित दिलाए ।

साउथ अस्ट्रेलियाको लागि विन्टरले ३६ रन  र हार्बीले २७ रन बनाए। नेपालका लागि सोम्पाल कामीले ३ विकेट र नन्दन यादवले २ र रोहित पौडेलले १ विकेट लिए।

नेपालले शनिबार साउथ अस्ट्रेलियासँगै एकदिवसीय अभ्यास खेल खेल्नेछ।

प्रतिक्रिया

बाढीका मृतकप्रति वीरगन्जमा भावपूर्ण श्रद्धाञ्जली: घण्टाघर र माईस्थानमा हिन्दू स्वयंसेवक संघ, रास्वपा र नेवाः समुदायद्वारा दीप प्रज्वलन

वीरगन्ज– देशमा आएको विनाशकारी बाढी र प्राकृतिक विपद्का कारण अकालमा

पोडकास्ट सुन्नुहोस