२०८२ भाद्र १२ गते, बिहीबार १९:०४

स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँड

काठमाडौं-

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ ।

कम्पनीको आईपीओमा कुल २४ लाख ४० हजार ४६० आवेदकबाट २ करोड ७४ लाख ६४ हजार ५७० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो । जसमध्ये २४ लाख ३६ हजार ३९३ आवेदन सदर र २ हजार ३०० आवेदन बदर भएको छ ।  कुल सदर आवेदकबाट २ करोड ७४ लाख १८ हजार ५४० कित्ता शेयरका लागि खरिद आवेदन परेको थियो ।

त्यसमध्ये १९ हजार ५१९ जनालाई १० कित्ताका दरले १ लाख ९५ हजार १९० सय कित्ता शेयर बाँडफाँड गरिएको छ । बाँकी ५ कित्ता शेयर ५ जनालाई १-१ कित्ताका दरले बाँडफाँड गरिएको छ । आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

आज बिहान नबिल इनभेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो । नबिल इनभेष्टमेन्ट यस आईपीओको विक्री प्रबन्धक हो । कम्पनीले गत साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस