२०८२ पुष ३ गते, बिहीबार ०८:१२

अर्थमन्त्रीको राजिनामा माग गर्दै प्रमुख प्रतिपक्षद्वारा मधेश प्रदेश सभा बैठक बहिस्कार

फाईल तस्विर

जनकपुर –

एक महिना पछि बसेको मधेश प्रदेश सभा बैठक सुरु भए लगत्तै स्थगित भएको छ । प्रमुख प्रतिपक्षका सांसदहरुले अर्थमन्त्री सुनिल कुमार यादवको राजिनामा माग गर्दै बैठक बहिस्कार गरेपछि समाभुख रामचन्द्र मण्डलले शुक्रबार (भोली) सम्मका लागि स्थगित गरेका हुन् ।

जनता समाजवादी पार्टी नेपालका मुख्य सचेतक सांसद रामअसिश यादवले प्रदेश सभामा पेश गरिएको २०८२÷०८३ को बजेट वक्तव्यमा ४६१ पाना रहेको र पछि आफूहरुले पाएको रेड बुकमा २९४ पाना थप भई जम्मा ७५५ पानाको बजेट रहेको देखिएकोले २९४ पानामा करोडौंको योजनाहरु चोरी भई समेटिएको आरोप लगाए । उनले असन्तुलित बजेट आएको र बजेटमा पनि बिचोलिया हाबी भएको आरोप लगाए । सांसद यादवले अर्थमन्त्रीले राजिनामा नदिएसम्म प्रदेश सभा बैठक बहिस्कार गर्ने चेतावनी दिए ।

सो पछि सभामुख मण्डलले बैठक भोलीसम्मका लागि स्थगित भएको जानकारी गराएका थिए ।

त्रिशला रेस्टुरेन्टको ‘डेथ ट्र्याप’: २० वर्षीया सुनिताको रहस्यमय मृत्यु कि हत्या? सञ्चालकलाई जोगाउन खोजिएको त होइन?

वीरगन्ज- वीरगन्ज–१० स्थित पुरानो बसपार्कको पछाडि रहेको त्रिशला रेस्टुरेन्ट फेरि

त्रिशला रेस्टुरेन्टको ‘डेथ ट्र्याप’: २० वर्षीया सुनिताको रहस्यमय मृत्यु कि हत्या? सञ्चालकलाई जोगाउन खोजिएको त होइन?

वीरगन्ज- वीरगन्ज–१० स्थित पुरानो बसपार्कको पछाडि रहेको त्रिशला रेस्टुरेन्ट फेरि

पोडकास्ट सुन्नुहोस