काठमाडौँ–
सिरियाली अधिकारीहरू र प्रत्यक्षदर्शीहरूकाअनुसार इजरायली युद्धक विमानहरूले दक्षिणी ग्रामीण इलाकामा धेरै हवाई आक्रमण गरेका छन् । सैन्य अड्डाहरूमा प्रहार गरेर घण्टौंसम्म उक्त क्षेत्रमा पहुँच रोकेको बताइएको छ ।
बासिन्दाहरूले राजधानीको दक्षिणपश्चिममा रहेको अल–किसवाह शहर नजिकै कम्तिमा आठ इजरायली आक्रमणहरू रिपोर्ट गरेका छन् । राज्य सञ्चालित इखबारिया टिभीले इजरायली विमानले वरपरका ठाउँहरूलाई लक्षित गरेको पुष्टि गरेको छ । सानाले मंगलबारको इजरायली आक्रमणमा ६ जनाको मृत्यु भएको बताएको छ ।
Post Views: 4