२०८३ जेष्ठ ७ गते, बिहीबार १२:५३

वीरगन्जको हैजा रोकथाम गर्न सुरक्षा निकायका चिकित्सक र उपकरण परिचालन गरिनेछ : प्रधानमन्त्री

फाईल तस्विर

काठमाडौं –

प्रधानमन्त्री केपी शर्मा ओलीले पर्साको वीरगन्जमा महामारी भएको हैजा रोगको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा नेपाली सेनासहित चार वटै सुरक्षा निकायका चिकित्सक र उपकरणको परिचालन तथा प्रयोग गरिने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आजको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेकाले वीरगन्जमा आउटब्रेक भएको हैजा नियन्त्रणमा आउने विश्वास व्यक्त गरे ।

उनले महामारीबाट तीन जनाको निधन भएकामा दुःख व्यक्त गर्दै नियन्त्रणका लागि सरकारकोतर्फबाट सक्दो पहल भएको तथा यस रोगको स्रोत के हो भन्नेबारे खोजी भइरहेको बताए ।

प्रधानमन्त्री ओलीले हैजाका बिरामीको उपचार गर्न तथा सचेतनाका प्रबन्धहरू गरिएको उल्लेख गर्दै नारायणी अस्पतालमा निःशुल्क उपचार गरिनुका साथै निजी अस्पतालमा समेत उपचार गरिएको सदनलाई जानकारी दिए ।

प्रतिक्रिया

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

पोडकास्ट सुन्नुहोस