२०८३ जेष्ठ ७ गते, बिहीबार १२:५४

गोप्यखबरको समाचार सही : प्रधानमन्त्री ओलीको सम्बोधनले महानगरको भ्रमको पर्दाफाश

वीरगन्ज-

वीरगन्जमा झाडापखाला र हैजा फैलिँदै जाँदा पर्सामा एक महिला सहित दुई पुरुषको ज्यान गुमाएको समाचार गोप्यखबरले प्रसारण गरेको थियो । तर, वीरगन्ज महानगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका एक जना अधिकारी तथा महानगर समर्थित केही मिडियाले उक्त समाचारलाई झुटा र अफवाह भन्दै निरन्तर आम जनतालाई भ्रमित गर्न प्रयास गरेका थिए ।

तर अन्ततः प्रतिनिधिसभाको (आज) शुक्रबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हालसम्म ६२४ जनामा हैजा संक्रमण पुष्टि भएको र तीमध्ये ४३७ जना निको भइसकेको जानकारी दिए । उनले मृतकमाथि श्रद्धाञ्जली अर्पण गर्दै सरकारको तर्फबाट सक्दो पहल भइरहेको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले भने,
“यतिबेला वीरगन्जमा हैजाको महामारी आएको छ । यसले पीडा र क्षतिको वातावरण सिर्जना गरेको छ । अहिलेसम्म तीन जनाको मृत्यु भएको छ । सरकारको तर्फबाट स्वास्थ्य मन्त्रालयको समन्वयमा नेपाली सेनासहित चारवटै सुरक्षा निकायका चिकित्सक र उपकरणको परिचालन तथा प्रयोग गरिनेछ । साथै, रोगको वास्तविक स्रोत पत्ता लगाउन खोजी भइरहेको छ ।”

उनले हैजाको उपचारका लागि नारायणी अस्पतालमा निःशुल्क सेवा उपलब्ध गराइएको र निजी अस्पतालमा समेत उपचार भइरहेको जानकारी दिए । साथै, सचेतनामूलक कार्यक्रम सञ्चालन गरी रोग नियन्त्रणमा चाँडै सफलता मिल्ने विश्वास समेत व्यक्त गरे ।

यसअघि वीरगन्जमा तीन जनाको मृत्यु भएको घटनाबारे गोप्यखबरले समाचार प्रकाशित गरेपछि महानगर समर्थित केही केही मिडिया र स्वास्थ्य कार्यालयका एक जना अधिकारीले त्यसलाई खण्डन गर्ने प्रयास गरेका  थिए । तर, प्रधानमन्त्रीकै सम्बोधनपछि वीरगन्जमा हैजा संक्रमण र मृत्युसम्बन्धी तथ्य सार्वजनिक भएको छ । यद्यपि मृत्यु भएकोबारेमा वीरगन्ज महानगरपालिका वा जिल्ला जनस्वास्थ्य कार्यालय पर्साबाट कुनै आधिकारिक जानकारी दिइएको छैन

गोप्यखबरले आफ्नो पत्रकारितामा सत्य, स्पष्ट र जिम्मेवारीलाई सधैं प्राथमिकतामा राख्ने, कुनै दबाब वा प्रभाव बिना जनतालाई जानकारी दिने प्रतिवद्धता दोहोर्याउँछ ।

हैजाको संक्रमण पर्सामा फैलिएको चिकित्सक द्धारा पुष्ठि

प्रतिक्रिया

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

पोडकास्ट सुन्नुहोस