२०८२ पुष २४ गते, बिहीबार ०३:२५

वीरगन्जमा हैजा संक्रमण बढेपछि विद्यालय तीन दिनका लागि बन्द

वीरगन्ज –

वीरगन्ज महानगरपालिकाभित्र हैजाको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू तीन दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ।

महानगरपालिकाले बढ्दो स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै भदौ १५ गतेदेखि १७ गतेसम्म विद्यालयहरू बन्द गर्ने घोषणा गरेको हो।

हैजाको संक्रमण नियन्त्रणमा लिन र थप जोखिम रोक्न महानगरपालिकाले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। विद्यार्थीहरूलाई भीडभाड हुने स्थानमा नजान, व्यक्तिगत सरसफाइमा ध्यान दिन र मात्र सुरक्षित तथा शुद्ध खानेपानी प्रयोग गर्न अनुरोध गरिएको छ।

यससँगै, महानगरपालिकाले अभिभावक तथा विद्यालय व्यवस्थापनलाई बालबालिकाको सुरक्षामा आवश्यक सहयोग गर्न आह्वान गरेको छ।

नेशनल मेडिकल कलेजमा डीन प्रा.डा. शर्मा र क्याम्पस प्रमुख प्रा.डा. उप्रेती सम्मानित; नवनिर्मित कन्फरेन्स हलको उद्घाटन

वीरगन्ज- वीरगन्जस्थित नेशनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालय, शिक्षण संस्थान (IOM)

पोडकास्ट सुन्नुहोस