२०८२ कार्तिक २३ गते, आईतवार ११:४१

झाडापखालाका कारण फेरि एक युवकको मृत्यु

 मृतकको संख्या चार पुग्यो

वीरगन्ज-

झाडापखालाका कारण शनिबार वीरगन्जमा एक बिरामीको मृत्यु भएको छ। वीरगन्ज नारायणी अस्पतालमा उपचार गराइरहेका बाराको त्रिवेणी गाउँपालिका निवासी ३५ वर्षीय पुरुषको उपचारका क्रममै मृत्यु भएको हो।

नारायणी अस्पतालको सघन उपचार कक्ष (आइ.सि.यु) मा भर्ना रहेका युवकको बिहान ११ बजे उपचारकै क्रममा मृत्यु भएको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदय नारायण सिंहले जानकारी दिनुभयो।

उहाँका अनुसार लगातार भइरहेको झाडापखाला र वान्ताका कारण युवकको दुवै मृगौलाले काम गर्न छोडेपछि चिकित्सकहरूले प्रयास गर्दा–गर्दै ज्यान बचाउन नसकिएको हो। मृतक अस्पताल भर्ना भएपछि गरिएको मल परीक्षणमा भने हैजाका जीवाणु फेला नपरेको डा. सिंहले जानकारी दिनुभयो।

यससँगै झाडापखालाका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ। हैजा पुष्टि भएका साढे सात सयभन्दा बढी बिरामी पर्सा र बारा जिल्लामा फेला परेका छन् भने अढाइ सयभन्दा बढी बिरामी अहिले वीरगन्जका विभिन्न अस्पतालमा भर्ना रहेका छन्।

पकहाॅंमैनपुरमा जेनजी युवा समूह गठन, अध्यक्षमा भगवान कुर्मी चयन ,भ्रष्टाचारविरुद्ध खबरदारी कार्यक्रम गर्ने निर्णय

पर्सा – पर्साको पकहाॅंमैनपुर गाउँपालिकामा युवा सञ्जालको बैठक सम्पन्न गरी

पकहाॅंमैनपुरमा जेनजी युवा समूह गठन, अध्यक्षमा भगवान कुर्मी चयन ,भ्रष्टाचारविरुद्ध खबरदारी कार्यक्रम गर्ने निर्णय

पर्सा – पर्साको पकहाॅंमैनपुर गाउँपालिकामा युवा सञ्जालको बैठक सम्पन्न गरी

पोडकास्ट सुन्नुहोस