२०८२ भाद्र १९ गते, बिहीबार ११:३९

मानवसेवा आश्रमको पहलमा उद्धार भएकी महिला उपचारमा

वीरगन्ज-
वारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१८ बडहर्वा चोकमा एक बेवारिसे महिला उद्धार गरिएको छ ।

मानवसेवा आश्रम वीरगन्ज शाखाले सोमबार दिउँसो करिब २:३० बजे मानसिक अवस्था कमजोर देखिएकी करिब ४० वर्षीया महिलालाई उद्धार गरेको हो । महिलाले आफ्नो नाम नाएदा खातुन भने पनि ठेगाना स्पष्ट बताउन नसक्ने अवस्थामा थिइन् ।

उद्धारपछि उनलाई मानवसेवा आश्रम वीरगन्ज पुर्याइयो । त्यहाँ पुगेर उनको सरसफाइ तथा नुहाइधुवाइ गराई डा. भरत गोईज्यूको निगरानीमा औषधोपचार सुरु गरिने आश्रमले जनाएको छ ।

उद्धार कार्यमा मानवसेवा आश्रम वीरगन्जका संस्थापक अभियन्ता देवेश गुप्ता, सामाजिक अभियन्ता प्रकाश थारु, आश्रमकी संयोजक मुना मगर, स्वयंसेवक सरोज बि.क., दिपेन्द्र चौधरी, प्रहरी चौकी जैतापुरका हवल्दार बब्लु सिंह, वडा अध्यक्ष चतुर बाबु वाग्ले र स्थानीय व्यक्तित्वहरूको सक्रियता रहेको थियो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस