२०८२ भाद्र २१ गते, शनिबार २२:३६

नेपाल तरुण दल पर्साले अल्ताफ हुसेनलाई नगर सभापति मनोनयन गर्‍यो

वीरगन्ज-
नेपाल तरुण दल पर्साले वीरगन्ज महानगरपालिकाको नगर सभापति पदमा अल्ताफ हुसेनलाई मनोनयन गरेको छ ।

सोमबार सार्वजनिक गरिएको निर्णय पत्रअनुसार वीरगन्ज–९ गहवा निवासी हुसेनलाई संगठनको विधान, विधि, सिद्धान्त र आदर्शअनुसार संगठनलाई सशक्त बनाउन तथा जिल्ला समितिको निर्देशनअनुसार परिचालन गर्ने जिम्मेवारी दिइएको उल्लेख छ ।

निर्णय पत्रमा भनिएको छ, “हामीलाई पूर्ण विश्वास छ कि अल्ताफ हुसेनले आफ्नो नेतृत्व क्षमतासहित संगठनलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनेछन् र तोकिएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नेछन् ।”

हुसेनलाई आगामी दिनमा संगठनात्मक मजबुतीका लागि काम गर्नुका साथै युवाहरूमाझ जनआन्दोलनका आदर्श र लोकतान्त्रिक मूल्य–मान्यताको प्रचार–प्रसार गर्ने जिम्मेवारी समेत प्रदान गरिएको छ ।

नेपाल तरुण दल पर्साले हुसेनलाई मनोनयनसँगै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस