२०८२ भाद्र १९ गते, बिहीबार ११:३२

मन्त्रीको बालहटका कारण किरण थुनामा परेको सांसद खाँनको निचोड

किरण साह पक्राउ प्रकरणले संसदमा प्रवेश पायो

वीरगन्ज-

किरण साह पक्राउ प्रकरणले बुधबार नेपालको प्रतिनिधि सभामा प्रवेश पाएको छ । प्रतिनिधि सभाको आज बसेको बैठकमा जनमत पार्टीका नेता एवम् सांसद अब्दुल खाँनले किरण साहलाई प्रहरीले पक्राउ गरेको विषयलाई संसदमा उठाएका हुन् ।

प्रतिनिधि सभामा आफ्ना मन्तव्य राख्दै सांसद खाँनले मन्त्रीको बालहटलाई राज्य हट बनाउन नहुने अभिव्यक्ति व्यक्त गर्नुभयो । उहाँले वीरगन्जमा हैजा फैलिएको विषयलाई लिएर जनताले खानेपानी मन्त्रीलाई प्रश्न गरेकै कारण थुनामा पर्नु गलत भएको टिप्पणी गर्नुभयो ।

संसदलाई सम्बोधन गर्दै सांसद खाँनले हैजा रोगबाट प्रभावित आफन्तको चिन्ता व्यक्त गर्दै किरण साहले मन्त्री यादवसँग तीन मिनेट कडा स्वरमा कुरा गरेकै कारण तीन वटा मुद्दा उनीमाथि चलाइएको जानकारी दिँदै, जनताले जनप्रतिनिधि तथा मन्त्रीसँग प्रश्न गरेकै कारण थुनामा बस्नुपर्ने जस्ता नीच र घृणित कार्यलाई तत्काल रोक्नुपर्ने माग गर्नुभयो ।

हैजाका कारण परिवारका सदस्य बिरामी भएको विषयमा मन्त्रीलाई फोन गरी कुरा गर्ने क्रममा किरणले चर्को स्वरमा कुरा गरेकै कारण मुद्दा खेप्नु गलत भएको सांसद खाँनले टिप्पणी गर्दै उनको सीधै रिमाइन्डका लागि पहल गर्न नेपाल सरकारलाई आग्रह गर्नुभयो ।

सांसद खाँन जनमत पार्टीका प्रभावशाली नेतामध्ये एक हुनुका साथै संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित समितिका अध्यक्ष समेत हुनुहुन्छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस