२०८२ कार्तिक १३ गते, बिहीबार ०२:२२

झुम्का कारागारमा भाइरल ज्वरोको प्रकोप, चार दिनमै तीन कैदीबन्दीको मृत्यु

इटहरी –

सुनसरीस्थित झुम्का कारागारमा भाइरल ज्वरोको प्रकोप फैलिँदा चार दिनको अवधिमा तीन कैदीबन्दीको मृत्यु भएको छ । कारागारमा रहेका १ हजार ७ सय ९५ कैदीमध्ये हाल ४ सय भन्दा बढी ज्वरोबाट प्रभावित भएको कारागार प्रशासनले जनाएको छ ।

बुधबार साँझ सप्तरी, राजविराज–८ का ४६ वर्षीय जलेश्वर यादवको मृत्यु भएको हो । जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका यादवलाई उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि जिल्ला अस्पताल इनरुवामा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको कारागारका निमित्त जेलर राम निरौलाले जानकारी दिए ।

यसअघि भदौ १५ गते रामदेव उराउ र भदौ १६ गते सागर राईको मृत्यु भएको थियो । कर्तव्य ज्यान मुद्दामा कैद सजाय भोगिरहेका उराउलाई उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि निधन भएको हो भने लागुऔषध मुद्दामा कैद सजाय काटिरहेका राई शरीर नचल्ने समस्या देखिएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत रहँदा मृत्यु भएको हो ।

हाल १९ जना कैदी उपचारका लागि अस्पताल भर्ना छन् । सुरुमा ६ जना मात्र बाहिर उपचारमा पठाइएको भए पनि बुधबार राति स्वास्थ्यकर्मीको टोली कारागार पुगेपछि थप १३ जनालाई अस्पताल लगिएको जेल प्रशासनले जनाएको छ ।

निमित्त जेलर निरौलाका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, जिल्ला स्वास्थ्य कार्यालय सुनसरीसँग सहकार्य गरेर कारागारमै स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

प्रभु ग्रुपको प्रभु म्यानेजमेन्ट प्रालि ठगी प्रकरणमा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ

काठमाडौं – प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिसम्बन्धी ठगी प्रकरणमा नेकपा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक

प्रभु ग्रुपको प्रभु म्यानेजमेन्ट प्रालि ठगी प्रकरणमा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ

काठमाडौं – प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिसम्बन्धी ठगी प्रकरणमा नेकपा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक

राजनीति

पोडकास्ट सुन्नुहोस