वीरगन्ज-
खानेपानी मन्त्री प्रदीप यादवले पदबाट राजीनामाको घोषणा गरेका छन्।
हाल जारी आन्दोलनको समर्थन र सरकारले गरेको दमनको विरोधस्वरूप उनले सोमबार औपचारिक रूपमा राजीनामा दिने घोषणा गरेका हुन्।
मन्त्री यादवले आफ्नो वक्तव्यमा भनेका छन्–
“प्रिय युवा भाईबहिनीहरू, तपाईं नै मेरो प्रथम सहयोगी र मेरो जोश र उर्जाका सूत्रधार हुनुहुन्छ। हिजो नभएको युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार तथा प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दछु। हामी सबैलाई संयमता अपनाई युवा पुस्तालाई सही मार्गदर्शन दिन र सहयोग गर्न अपिल गर्दछु।”
यादवको राजीनामासँगै आन्दोलनमा सहभागी युवा पुस्तालाई थप उत्साह मिल्ने अपेक्षा गरिएको छ।
Post Views: 31