२०८३ भाद्र २२ गते, सोमबार २१:३६

कोशीका मन्त्री भण्डारीको घरमा तोडफोड, एमाले कार्यालयमा आगजनी

कोशी-

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीको घरमा प्रदर्शनकारीले मंगलबार तोडफोड गरेका छन् ।
कफ्र्युको अवज्ञा गर्दै सडकमा उत्रिएका आक्रोशित प्रदर्शनकारीले भण्डारीको इटहरीस्थित घरको सिसा र अगाडिको गेट तोडेका हुन् ।

ठूलो भीडले घरमा आगजनी गर्न खोजे पनि त्यहाँ अन्य भाडामा बस्ने मानिसहरू रहेको भन्दै केही प्रदर्शनकारीले विरोध गरेपछि आगो लगाउने प्रयास रोकिने प्रहरी स्रोतले जनाएको छ । भीडले ‘गोली हान्नेलाई कारबाही गर’ भन्दै नाराबाजी समेत गरेको थियो ।

यसअघि आन्दोलनकारीले नेकपा एमाले इटहरी पार्टी कार्यालयमा प्रवेश गरी फर्निचर तोडफोड गर्दै आगजनी गरेका थिए । कार्यालयमा ठूलो संख्यामा पुगेका प्रदर्शनकारीले कुर्सी, टेबल लगायत सामग्रीमा आगो लगाएका थिए ।

एमाले कार्यालयमा आगजनी गरेपछि भीड मन्त्री भण्डारीको घरतर्फ मोडिएको थियो ।
इटहरीमा जारी कफ्र्युका बीच भएको तोडफोड र आगजनीसँगै अवस्था अझै तनावपूर्ण बनेको छ ।

कोशी प्रदेशको राजधानी विराटनगरलगायत कोशी प्रदेशका सबै जिल्ला तनावपूर्ण अवस्थामा रहेका छन् ।

प्रतिक्रिया

बाढीका मृतकप्रति वीरगन्जमा भावपूर्ण श्रद्धाञ्जली: घण्टाघर र माईस्थानमा हिन्दू स्वयंसेवक संघ, रास्वपा र नेवाः समुदायद्वारा दीप प्रज्वलन

वीरगन्ज– देशमा आएको विनाशकारी बाढी र प्राकृतिक विपद्का कारण अकालमा

बाढीका मृतकप्रति वीरगन्जमा भावपूर्ण श्रद्धाञ्जली: घण्टाघर र माईस्थानमा हिन्दू स्वयंसेवक संघ, रास्वपा र नेवाः समुदायद्वारा दीप प्रज्वलन

वीरगन्ज– देशमा आएको विनाशकारी बाढी र प्राकृतिक विपद्का कारण अकालमा

पोडकास्ट सुन्नुहोस