२०८२ भाद्र २४ गते, मंगलवार १८:१४

जेनजीहरुको आन्दोलनमा ट्रमाका डाक्टहरुको समर्थन

काठमाडौं-

राष्ट्रिय ट्रमा सेन्टरका डाक्टरहरुले जेनजीहरुको आन्दोलनमा ऐक्यबद्धता एवम समर्थन जनाएका छन् ।
मंगलबार भ्रष्टाचारविरुद्ध आन्दोलन गरिरहेको जेनजीहरुलाई साथ दिनको लागि डाक्टरहरुले पनि ऐक्यबद्धता जनाएका हुन् ।

सोही क्रममा डाक्टरहरुले नेपाली जनतालाई बचाउनको लागि पाएको बन्दुक नेपालीमाथि नै तेर्साएको भन्दै यस्तो प्रशासन र प्रहरी नचाहिने दाबी गरेका छन् ।

उनीहरुले भने, ‘नेपाली जनतालाई बचाउनको लागि पाएको बन्दुक नेपालीमाथि नै तेर्साउनु भयो र टाउमा ताकि ताकि हान्नुभयो । तपाईहरु जस्तो प्रशासन र प्रहरी हामीलाई चाहिदैँन् ।’
जेनजी आन्दोलनमा सरकारले निर्दोष जनतामाथि दमन गरेको भन्दै उनीहरु पनि आन्दोलनमा होमिएका हुन् ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस