२०८३ जेष्ठ ९ गते, शनिबार १४:१२

नेपालभर १३ हजारभन्दा बढी कैदीबन्दी फरार, सुरक्षा निकाय सतर्क

काठमाडौं –

नेपालका विभिन्न कारागारबाट अहिलेसम्म १३ हजार ५७२ भन्दा बढी कैदीबन्दी फरार भएका छन्। यस घटनाले देशभरको सुरक्षा व्यवस्था र कारागार प्रणालीमा ठूलो प्रश्न उठाएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डीआईजी विनोद घिमिरेका अनुसार फरार कैदीबन्दीसँगै हिरासतमा रहेका ५६० जना थुनुवा पनि भागेका छन्। यी थुनुवा विभिन्न आपराधिक मुद्दामा अनुसन्धानको क्रममा हिरासतमा रहेका थिए।

मंगलबार देशभर जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनीका घटना घट्दा कैदीबन्दी र थुनुवा फरार हुने संख्या अझै बढेको जनाइएको छ।

प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको र फरार व्यक्तिहरुको खोजी, ट्र्याकिङ र पक्राउका लागि अभियानलाई तीव्र पारेको जनाएको छ।

प्रतिक्रिया

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघलाई ३० थान ज्याकेट हस्तान्तरण; पत्रकार दीपक चौरसिया संघमा आबद्ध

बीरगन्ज-विश्व हिन्दू परिषद् नेपालले शनिबार बीरगन्जमा एक कार्यक्रमको आयोजना गरी

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघलाई ३० थान ज्याकेट हस्तान्तरण; पत्रकार दीपक चौरसिया संघमा आबद्ध

बीरगन्ज-विश्व हिन्दू परिषद् नेपालले शनिबार बीरगन्जमा एक कार्यक्रमको आयोजना गरी

पोडकास्ट सुन्नुहोस