२०८३ जेष्ठ ९ गते, शनिबार १४:१२

जेनजीको बैठकमा भारतीय सेना आउनबाट रोक्नुपर्नेबारे छलफल

काठमाडौं-

जेनजीका प्रतिनिधिहरू अहिले छलफलमा छन् । राष्ट्रपति र प्रधानसेनापतिले वार्तामा बोलाएपछि एजेन्डा तय गर्न भइरहेको छलफलमा विभिन्न कोणबाट छलफल भइरहेको हो ।

उनीहरूले नेपालमा सैनिक शासन रोक्न, भारतीय सेना आउनबाट रोक्न जिम्मेवारीपूर्वक काम गर्नुपर्ने अवस्था रहेको बताइरहेका छन् ।

‘भारतका सेना आउनबाट रोक्नुछ, कुनैपनि देशको हस्तक्षेप रोक्नुपर्नेछ । सैनिक शासनबाट रोक्नुपर्नेछ । त्यसैले वार्ताको तयारी छिटो गर्नुछ’, जेनजीका नेताहरु जुम मेटिङमा भनिरहेका छन् ।

उनीहरूले आफूहरू परिपक्व नभएको भन्दै अनुभवी र क्षमतावान् व्यक्तिका रूपमा सुशीला कार्कीलाई सरकार प्रमुखका रूपमा अघि सार्ने धारणा पनि राखिरहेका छन् ।

चार घण्टादेखि जारी जेन–जीको भर्चुअल बैठकमा सर्वमान्य नेताको खोजी भइरहेको छ ।  नेपाली सेनाले जेन–जीको प्रतिनिधि बोलाइरहका बेला विभिन्न नेताहरूको विकल्पबारे छलफल भइरहेको छ ।

प्रतिक्रिया

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघलाई ३० थान ज्याकेट हस्तान्तरण; पत्रकार दीपक चौरसिया संघमा आबद्ध

बीरगन्ज-विश्व हिन्दू परिषद् नेपालले शनिबार बीरगन्जमा एक कार्यक्रमको आयोजना गरी

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघलाई ३० थान ज्याकेट हस्तान्तरण; पत्रकार दीपक चौरसिया संघमा आबद्ध

बीरगन्ज-विश्व हिन्दू परिषद् नेपालले शनिबार बीरगन्जमा एक कार्यक्रमको आयोजना गरी

पोडकास्ट सुन्नुहोस