२०८२ आश्विन १ गते, बुधबार २०:११

सुशीला कार्की : “जेनजी पुस्ताको विश्वासले सरकारको नेतृत्व गर्न तयार छु”

काठमाडौँ –

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले जेनजी पुस्ताले आफूलाई अत्यधिक रुचाएकाले सरकारको नेतृत्व लिन तयार रहेको बताएकी छिन्। भारतीय मिडिया न्युज १८ सँगको कुराकानीमा उनले जेनजी आन्दोलनपछिको परिस्थितिमा चुनावी सरकारको नेतृत्व गर्न आफू तयार रहेको स्पष्ट गरेकी हुन्।

कार्कीले भनिन्, “उनीहरूले मलाई प्रस्ताव गरे। यो मप्रतिको विश्वास हो। म छोटो समय सरकार चलाएर चुनाव गराउनेछु। मैले जेनजीको प्रस्तावलाई स्वीकार गरेँ।”

आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले अभिभावकहरूको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाइन्। सर्वोच्च अदालतदेखि सिंहदरबारसम्मका सरकारी संरचनामा भएको आगजनीप्रति उनले दुःख व्यक्त गरिन्।

सरकारको नेतृत्व पाएपछि आफ्नो पहिलो प्राथमिकता भ्रष्टाचार नियन्त्रण हुने बताउँदै उनले भनिन्, “नेपाली राजनीतिमा सदैँ समस्या भएको छ। अब जेनजी पुस्तासँग मिलेर दीर्घकालीन समाधान खोज्नेछु। नयाँ वातावरण बनाउँछौँ, यो समस्या रोक्छौँ।”

भारतसँगको सम्बन्धबारे पनि टिप्पणी गर्दै कार्कीले नेपाल–भारतबीचको ऐतिहासिक सद्भावलाई जोड दिइन्। “भारतसँग हाम्रो धेरै नाता छ, धेरै सद्भाव छ। कहिलेकाहीँ आवाज आउन सक्छ, तर सम्बन्ध सधैँ मजबुत रहन्छ,” उनले भनिन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस