२०८२ पुष २८ गते, सोमबार ०५:२१

वीरगन्जमा अवस्था सामान्य बन्दै, कर्फ्यु समय तालिका परिवर्तन

वीरगन्ज –

जेन–जी आन्दोलनपश्चात् त्रसित बनेको वीरगन्जमा अवस्था क्रमशः सामान्य बन्दै गएको छ। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय पर्साले बिहीबार साँझदेखि लागू हुनेगरी नयाँ कर्फ्यु र निषेधाज्ञा तालिका सार्वजनिक गरेको छ।

तस्विर मन्टु गीरी

प्रशासनका अनुसार, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम जारी गरिएको कर्फ्यु दैनिक बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म र साँझ ७ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म लागू हुनेछ। यसअघि बिहान ६ बजेदेखि १० बजेसम्म र अपरान्ह ५ बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा कायम रहनेछ।

यस व्यवस्थापछि बिहान र बेलुकाको छुट्टिएको समयमा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु किनमेल गर्न बजारमा सर्वसाधारणको भिडभाड बढेको देखिन्छ। सडकमा पैदल यात्रु र निजी सवारी साधनहरूको चहलपहल पनि बढेको छ। छोटो दूरीका रिक्सा र ई–रिक्सा सञ्चालनमा आएका छन्।

तस्विर मन्टु गीरी

तर, प्रशासनले पाँच जनाभन्दा बढी व्यक्तिहरू जम्मा हुन, सभा, जुलुस वा प्रदर्शन गर्न पूर्ण प्रतिबन्ध जारी रहेको स्पष्ट पारेको छ।

सुरक्षा सतर्कता यथावत रहे पनि बजार खुल्न थालेसँगै वीरगन्जमा सामान्य जीवनयापन बिस्तारै फर्किँदै गएको जनाइएको छ।

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

पोडकास्ट सुन्नुहोस