२०८२ पुष २८ गते, सोमबार ०२:५८

वीरगन्जमा पत्रकारहरूको मौन प्रदर्शन, संवैधानिक निकास खोज्न माग

वीरगन्ज –

देशमा जेनजी आन्दोलनका कारण उत्पन्न राजनीतिक शून्यता र अन्योलको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै पर्साका पत्रकारहरूले मौन प्रदर्शन गरेका छन्। नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको आह्वानमा शुक्रबार आयोजित कार्यक्रममा करिब दुई दर्जन पत्रकारले सहभागिता जनाएका थिए।

शाखा अध्यक्ष ओमप्रकाश खनालको अगुवाइमा भएको प्रदर्शनमा सहभागी पत्रकारहरूले जेनजी आन्दोलनका मागहरूलाई संविधानको दायराभित्र रहेर सम्बोधन गर्नुपर्नेमा जोड दिए। उनीहरूले देशलाई ठूलो संकटबाट जोगाउन र विद्यमान संवैधानिक व्यवस्थालाई आधार बनाएर अघि बढ्नुपर्ने माग राखे।

प्रदर्शनमा महासङ्घका केन्द्रीय सचिव अशोक तिवारी, केन्द्रीय लेखा संयोजक केसी लामिछानेसहित विभिन्न राजनीतिक दल–निकट पत्रकार संगठनका प्रतिनिधिहरू उपस्थित थिए।

सहभागी पत्रकारहरूले देशको वर्तमान संकटप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्तिपूर्ण र संवैधानिक बाटोमार्फत समाधान खोज्नुपर्ने आवश्यकता औंल्याए।

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

पोडकास्ट सुन्नुहोस