२०८३ भाद्र २२ गते, सोमबार २१:१५

भारतीय प्रधानमन्त्री मोदीले दिए नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई

काठमाडौं-

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको नेतृत्व लिएकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलार्ई बधाई तथा शुभकामना दिएका छन् ।

शनिबार बिहान सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री मोदीले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाइ दिएका हुन् ।
उनले लेखेका छन्, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना ।

नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ।’
मोदीले नेपालको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि बताए । कार्कीले शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्रीको शपथ लिएकी छिन् ।

प्रतिक्रिया

बाढीका मृतकप्रति वीरगन्जमा भावपूर्ण श्रद्धाञ्जली: घण्टाघर र माईस्थानमा हिन्दू स्वयंसेवक संघ, रास्वपा र नेवाः समुदायद्वारा दीप प्रज्वलन

वीरगन्ज– देशमा आएको विनाशकारी बाढी र प्राकृतिक विपद्का कारण अकालमा

पोडकास्ट सुन्नुहोस