वीरगन्ज-
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफूले पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा दिएको घोषणा गरेका उनले अहिलेसम्म प्रदेश प्रमुखलाई औपचारिक पत्र भने बुझाएका छैनन्।
डा. सीके राउतको फेसबुक पेजमार्फत राजीनामा दिन निर्देशन आएपछि सिंहले तत्कालै फेसबुकमा पदत्यागको घोषणा गरेका थिए। तर ताजा वक्तव्यमा उनले राजनीतिक परिवर्तनको बाधक नबन्ने र आफूलाई हटाएर राजनीतिक खेल गर्ने प्रयासमा साथ नदिने बताएका छन्।
सिंहले भने, “जनधनको क्षति रोक्नकै लागि मैले पद त्याग गर्न तयार भएको थिएँ, तर अहिले त्यो औचित्य समाप्त भइसकेको छ।”
जेन–जीको आन्दोलनका क्रममा मधेस प्रदेश सरकारका प्रशासकीय भवन, प्रदेशसभा र अन्य सरकारी कार्यालयहरूमा आगजनी भएको थियो।
Post Views: 38