काठमाडौं-
भारतीय मिडिया जर्नलिस्ट युनियन (IMJU) को निमन्त्रणामा विश्व पत्रकार महासंघ (WJF) का एसिया–प्रशान्तका संयुक्त सचिव तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव दीपेन्द्र चौहान भारतको हैदराबाद पुगेका छन्।
अंकुश मिडिया प्रालिका अध्यक्षसमेत रहेका चौहानलाई इन्डियन मिडिया जर्नलिस्ट युनियनका अध्यक्ष बाला भाष्करले स्वागत गरेका छन्। स्वागत कार्यक्रममा भाष्करले वरिष्ठ पत्रकारहरूलाई पेन्सनको व्यवस्था मिलाउन पत्रकार समाज एकजुट हुनुपर्ने आवश्यकता रहेको बताए।
सेप्टेम्बर १३ र १४ मा हुने सम्मेलनमा भारतका १२ राज्यका प्रतिनिधिहरूसहित श्रीलंका र नेपालका पत्रकारहरूको पनि सहभागिता रहनेछ। सम्मेलन सुरु हुनुअघि नै विभिन्न प्राचीन मन्दिर दर्शन र भ्रमणको कार्यक्रमसमेत रहेको र त्यसकै सिलसिलामा चौहान सेप्टेम्बर १० मै हैदराबाद पुगेका हुन्।
IMJU का अध्यक्ष भाष्करका अनुसार सम्मेलनमा सहभागी हुने अधिकांश पत्रकार हैदराबाद आइसकेका छन् भने केही भोलि बिहान पुग्नेछन्। ताजमहल होटलमा आयोजना हुने उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको उनले जानकारी दिए।