२०८३ आश्विन २० गते, मंगलवार ०४:१८

मधेश प्रदेश सरकारबाट जनमत पार्टी बाहिरियो, मुख्यमन्त्रीसहित मन्त्रीहरु फिर्ता

जनकपुर-

मधेश प्रदेश सरकारबाट जनमता पार्टी बाहिरिएको छ ।जनमतको मधेश प्रदेश संसदीय दलको नेता महेश प्रसाद यादवले प्रदेश प्रमुख कार्यालयलाई समर्थन फिर्तासहित मुख्यमन्त्री तथा मन्त्रीहरु फिर्ता बोलाएको जानकारी गराएका छन् ।

जेनजी आन्दोलनका दिन मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आफ्नो फेसबुक पेज मार्फत मुख्यमन्त्री पदबाट राजिनामा दिएको घोषणा गरेका थिए । तर हिजो फेरि केही सञ्चारमाध्यममा मुख्यमन्त्री सिंहले परिस्थितीलाई मध्येनजर गर्दै माहोल शान्त बनाउन मात्र आफूले राजिनामा दिएको घोषणा गरेको भन्ने प्रतिक्रिया दिएको सामाचारहरु आएको थियो ।

मधेश प्रदेश प्रमुख कार्यालयका एक जना कर्मचारीका अनुसार मुख्यमन्त्री सतिश कुमार सिंहको कुनै राजिनामा सम्बन्धि पत्र प्रदेश प्रमुख कार्यालयमा आएको थिएन ।

संसदीय दलका नेता महेश यादवले हिजो प्रदेश प्रमुख कार्यालयलाई समर्थन फिर्ता लिएको सुचना दिएसंगै मधेश प्रदेश सरकार ढलेको छ ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस