२०८२ भाद्र ३० गते, सोमबार २१:३७

जेनजी आन्दोलनका सहिद युवाप्रति नेपाल चिकित्सक संघ नारायणी शाखाद्वारा श्रद्धाञ्जली

वीरगन्ज-

नेपाल चिकित्सक संघ नारायणी शाखाले हालै भएको भ्रष्टाचारविरुद्ध जेनजी को आन्दोलनमा सहिद भएका युवाहरूको सम्मानमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ।

सोमबार संघको भवन अगाडि आयोजित कार्यक्रममा वीरगन्जका चिकित्सकहरू साथै संघका अध्यक्ष डा। मनोज गुप्ता, सचिव डा। नौसाद हक, उपाध्यक्ष डा। आनन्द चौरसिया, कोषाध्यक्ष डा। शाश्वत प्रसाद, प्रदेश संयोजक डा. निरज सिंह, निर्वतमान सचिव डा. उदय सिंह, पूर्व सचिवहरू डा. रोशन अली र डा. राम किशोर सिंह, वरिष्ठ चिकित्सक डा. भोला बछार, डा. अजय यादव र डा. रमाशंकर गुप्ता आदिको उपस्थिति थियो।

कार्यक्रममा सहिदहरूको स्मरणमा १ मिनेटको मौनधारण समेत गरिएको संघले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस