२०८३ जेष्ठ ९ गते, शनिबार १४:१२

संरचना ध्वस्त भए पनि भ्रष्टाचारका फाइल सुरक्षित

काठमाडौँ-

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा मुलुककै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसहित विभिन्न सरकारी निकाय तोडफोड र आगलागीको शिकार भए। सो क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रधान कार्यालयसमेत तोडफोड र आगजनीबाट प्रभावित भएको छ।

काठमाडौँको टंगालस्थित आयोग भवनमा भदौ २४ गते साँझ सवा ५ बजे प्रदर्शनकारीसँगै घुसेको एक समूहले लक्षित रूपमा आगजनी र तोडफोड गरेको हो। सो समूहले विशेष गरी भ्रष्टाचारसँग सम्बन्धित फाइलमा पहुँच पुर्‍याउन खोजे पनि असफल भएको आयोग स्रोतले जनाएको छ।

“यहाँ रहेका सबै भ्रष्टाचारका फाइलहरू सुरक्षित छन्,” अख्तियार स्रोतले भन्यो, “मुख्य निशाना नै फाइल रहेको कक्षमा प्रवेश गर्ने प्रयास देखियो, तर उनीहरूले त्यहाँसम्म पुग्न सकेनन्।”

आगो र तोडफोडका कारण अख्तियारको भौतिक संरचना, प्रशासन महाशाखा र पुस्तकालय जलेर क्षतिग्रस्त भएका छन्। त्यस्तै, आयोग परिसरमा रहेका ७४ वटा मोटरसाइकल, १७ वटा गाडी (जिप, कार, भ्यान) र ३ वटा बस पूर्णरूपमा जलेर ध्वस्त भएका छन्।

अख्तियार भवनमा भएका विभिन्न कागजात जलेर खरानी भए पनि सबै भ्रष्टाचारसम्बन्धी फाइल भने सुरक्षित रहेको पुष्टि गरिएको छ।

प्रतिक्रिया

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघलाई ३० थान ज्याकेट हस्तान्तरण; पत्रकार दीपक चौरसिया संघमा आबद्ध

बीरगन्ज-विश्व हिन्दू परिषद् नेपालले शनिबार बीरगन्जमा एक कार्यक्रमको आयोजना गरी

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघलाई ३० थान ज्याकेट हस्तान्तरण; पत्रकार दीपक चौरसिया संघमा आबद्ध

बीरगन्ज-विश्व हिन्दू परिषद् नेपालले शनिबार बीरगन्जमा एक कार्यक्रमको आयोजना गरी

पोडकास्ट सुन्नुहोस