२०८२ आश्विन ३ गते, शुक्रबार ११:०५

ओली : “जेनजी आन्दोलनमा घुसपैठ गरेर षड्यन्त्रकारीहरूले हिंसा मच्चाए”

काठमाडौँ —

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाएको आरोप लगाएका छन् ।

शुक्रवार सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिक्रिया दिँदै ओलीले गत साता भएको जेनजी प्रदर्शन शान्तिपूर्ण हुने भनिए पनि त्यसमा घुसपैठ भएको दाबी गरेका छन् । “आह्वानकर्ताले भनेझैँ, प्रदर्शनमा घुसपैठ भयो । षड्यन्त्रकारीहरूले हिंसा मच्चाए र हाम्रा युवाहरूले ज्यान गुमाए,” ओलीले लेखेका छन् ।

उनले सरकारको तर्फबाट प्रदर्शनकारीलाई ताकी–ताकी गोली हान्ने आदेश नदिइएको स्पष्ट पारेका छन् । साथै, प्रहरीसँग नभएका स्वचालित हतियार प्रयोग गरी गोली हानिएको भन्दै त्यस घटनाको छानबिन गर्नुपर्नेमा जोड दिएका छन् ।

“प्रहरीसँग नभएका स्वचालित हतियार प्रयोग गरेर गोली हानिएको छ । यसको छानबिन हुनु पर्छ,” ओलीले भनेका छन् ।

ओलीले दिवंगत युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको शुभकामना समेत व्यक्त गरेका छन् ।

अध्यक्ष ओलीले फेसबुकमा लेखेका छन्:

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस