२०८२ आश्विन ३ गते, शुक्रबार १४:२९

नेपाली कांग्रेस : संसद् विघटन असंवैधानिक

काठमाडौं –

नेपाली कांग्रेसले संसद् विघटनलाई असंवैधानिक ठहर गरेको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले यो निष्कर्ष निकाल्दै यस विषयमा अन्य दलहरूसँग छलफल गर्ने निर्णय गरेको हो।

बैठकले आउँदो दशैंअघि केन्द्रीय समिति बैठक बोलाउने तयारीसमेत गरेको छ। यो बैठक भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनपछि पहिलो औपचारिक बैठक हो।

आन्दोलनका क्रममा कांग्रेस केन्द्रीय कार्यालयमा आगजनी हुँदा ठूलो क्षति पुगेको थियो। क्षतिग्रस्त भवनमै उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा शुक्रबारको बैठक सम्पन्न गरिएको हो। यद्यपि, यसअघि कार्यसम्पादन समितिको भर्चुअल बैठक एकपटक बसेको थियो।

आन्दोलनका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नीमाथि कुटपिट भएको थियो। उनीहरू हाल उपचाररत छन्। त्यस्तै, कांग्रेसका धेरै शीर्ष नेताहरूका घरसमेत क्षतिग्रस्त भएका थिए।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस