२०८२ आश्विन २० गते, सोमबार १२:५४

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने भएकी छिन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार उनले आज साँझ ६ बजे सम्बोधन गर्ने तयारी गरेकी हुन्।

सम्बोधनको विषयवस्तुबारे प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्का सदस्य तथा विज्ञहरूसँग अनौपचारिक छलफल गरिसकेकी छन्। उनले सम्बोधनमा देशको वर्तमान राजनीतिक अवस्था, निर्वाचन प्रक्रिया र राष्ट्रिय सरोकारका मुद्दाहरू समेट्ने बताइएको छ।

पोडकास्ट सुन्नुहोस