काठमाडौँ –
आज अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। बैठकपछि प्रधानमन्त्री सुशीला कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने तय भएको छ।
प्रधानमन्त्री कार्कीले पदभार सम्हालेपछि पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन्। सम्बोधनमार्फत सरकारले आगामी दिनमा अघि सार्ने प्राथमिकता र वाचा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
सम्बोधनको तयारी गृह मन्त्रालयले गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा मुख्यसचिवसहित केही सचिवहरू सक्रिय रुपमा तयारीमा जुटिरहेका छन्।
सरकारको नीतिगत दिशा र निकट भविष्यका एजेन्डाबारे प्रधानमन्त्री कार्कीको सम्बोधनले स्पष्ट संकेत दिने बताइएको छ।
Post Views: 34