शंकर गणेश/रक्सौल-
भारत–नेपाल सीमामा तैनाथ ४७ औँ वाहिनी सशस्त्र सीमा बल (एस.एस.बी.) र लायन्स क्लब अफ रक्सौलले संयुक्त रूपमा स्वच्छता अभियान सञ्चालन गरेका छन् ।
“स्वच्छता ही सेवा/स्वच्छोत्सव–स्वच्छता अभियान” र “एक दिन–एक घण्टा–एक साथ” भन्ने संकल्पसहित रक्सौलको बाटा चौकदेखि बैंक रोडसम्म सफाइ कार्यक्रम आयोजना गरिएको हो ।
४७ औँ बटालियनका उप कमान्डेन्ट नवीन कुमार साहको नेतृत्वमा भएको अभियानमा एस.एस.बी. का जवानहरूले सडक वरिपरि सफाइ गर्दै स्थानीय बासिन्दा र व्यापारीलाई स्वच्छताको सन्देश दिएका थिए ।
कार्यक्रममा एस.एस.बी. का अन्य बलकर्मीहरूसँगै भारत विकास परिषद् रक्सौल र लायन्स क्लब अफ रक्सौल का सदस्यहरूको समेत सहभागिता रहेको थियो ।
सो अवसरमा बोल्दै उप कमान्डेन्ट साहले भने,
“स्वच्छता केवल वरिपरिको सफाइ मात्र होइन, यो हाम्रो जीवनका हरेक पाटासँग जोडिएको छ । सफा वातावरणले हामीलाई स्वस्थ राख्छ र कार्यक्षमता बढाउँछ । ‘स्वच्छ भारत अभियान’ यसै दिशामा महत्वपूर्ण पहल हो, जसले हामीलाई नियमित रूपमा दायित्व सम्झाइरहन्छ ।”
उनले सबैलाई “स्वच्छता ही सेवा” अभियानमा विभिन्न गतिविधिहरू अपनाउँदै भारतलाई स्वच्छ र स्वस्थ बनाउन योगदान दिन आह्वान गरे ।
अभियानमा एस.एस.बी. का जनसम्पर्क अधिकृत कुन्दन कुमार, परिषद्का रजनीश प्रियदर्शी, लायन्स क्लब अफ रक्सौलका अध्यक्ष लायन विमल सर्राफ, सचिव लायन मोहम्मद निजामुद्दीन, कोषाध्यक्ष लायन अमित कुमार, जोनल चेयरपर्सन लायन शम्भु प्रसाद चौरसिया लगायत लायन नारायण रुंगटा, लायन संजय गुप्ता, लायन हेमन्त अग्रवाल, लायन पवन किशोर कुशवाहा, लायन आमोद कुमार, लायन हरीश खत्री र लायन बसन्त जालान उपस्थित थिए ।
सफाइ अभियानका क्रममा सहभागीहरूले स्थानीय नागरिक र व्यापारीलाई आफ्ना वरिपरि सफा राख्न प्रेरित गरेका थिए ।