२०८२ आश्विन २० गते, सोमबार १२:५७

पर्सामा गोली प्रहार, १६ वर्षीय किशोर घाइते

वीरगन्ज-

पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वामा बिहीबार साँझ भएको झगडामा गोली लागेर १६ वर्षीय गोलु आलम धुनिया घाइते भएका छन्।

गाउँपालिकाको कार्यालय पछाडिको सडकमा दुई समूहबीच विवाद हुँदा आलमको तिघ्रामा गोली लागेको प्रहरीले जनाएको छ। अहिले उनको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ भने अवस्था खतरामुक्त छ।

पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले भिस्वामा गाेली चलेकाे पुष्टि गरे।गाेली लागेर अन्दाजी १६/१७ वर्षका गाेलु आलम घाइते भएको र उनकाे अहिले नारायणी अस्पतालमा उपचार भइरहेकाे उनले बताए ।घाइते आलमकाे अवस्था खतरामुक्त रहेकाे उनले बताए।गाेली प्रहार गर्नेहरुकाे खाेजी भइरहेको उनले जानकारी दिए।

पोडकास्ट सुन्नुहोस