काठमाडौं –
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको अध्यक्ष पद त्यागेको घोषणा गरेका छन्।
शुक्रवार काठमाडौंमा सम्पन्न केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अब आफू अध्यक्ष नरहेको स्पष्ट पारे। प्रचण्डले भने, “आज केन्द्रीय समितिको बैठक सम्पन्न भयो। अब म अध्यक्ष रहिनँ, अब म महाधिवेशन आयोजक समिति संयोजक मात्रै हो।”
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बिहीवारदेखि काठमाडौंमा बसेको थियो। प्रचण्डको राजीनामापछि पार्टीको आगामी महाधिवेशन तयारीलाई केन्द्रित गर्दै आयोजक समितिले नेतृत्व गर्ने बताइएको छ।
Post Views: 62