२०८२ आश्विन २० गते, सोमबार १३:५१

अरुलाई उकसाउने ,होच्याउने जस्ता गतिविधी नगर्न गृह मन्त्रालयको आग्रह

वीरगन्ज-

वर्तमान सरकारले घोषणा गरेको प्रतिनिधि सभा निर्वाचनको १ सय ५९ दिन मात्र बाँकी रहँदा, गृह मन्त्रालयले चुनावी प्रचार–प्रसारलाई अहिंसात्मक रूपमा सञ्चालन गर्न सबै पक्षलाई अपिल गरेको छ।

गृह मन्त्रालयले शनिबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै, फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आग्रह गरेको हो।

मन्त्रालयका सह-सचिव आनन्द काफ्लेले हस्ताक्षर गरेको विज्ञप्तिमा, मुलुकमा चुनावको माहोल बन्दै गएको र चुनावी गतिविधिहरू – आमसभा, कोष–सङ्कलन सभा लगायत -अहिंसात्मक रूपमा गर्न–गराउन सबै पक्षलाई अनुरोध गरिएको उल्लेख छ।

भदौ २३ र २४ गते भएको जेनजेड आन्दोलनपछि गठन भएको नयाँ सरकारले निर्वाचन तयारी सुरु गरेको जानकारी दिँदै, विज्ञप्तिमा चुनावका बेला हुने सभा, सम्मेलन, बैठक एवं विरोधका कार्यक्रम सञ्चालन गर्दा अन्यलाई असर नपर्ने गरी अहिंसात्मक र शान्तिपूर्ण रूपमा सञ्चालन गर्न आग्रह गरिएको छ।

चुनावी सभा वा अन्य कार्यक्रमका क्रममा अन्यलाई उक्साउने, होच्याउने वा शान्ति–सुरक्षामा असर पार्ने खालका गतिविधि नगर्न र नगराउन गृह मन्त्रालयले सबै पक्षलाई विज्ञप्तिमार्फत अपिल गरेको छ।

पोडकास्ट सुन्नुहोस