वीरगन्ज-
रिकभरिङ नेपाल मधेश प्रदेशको नयाँ कार्यसमिति सर्वसम्मतिले चयन भएको छ। शनिबार वीरगन्जको एक होटलमा आयोजित विशेष अधिवेशनले आयूष भुजेलको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो।
विशेष अधिवेशन संस्थाका केन्द्रिय सदस्य लुबोध पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। नवगठित समितिमा उपाध्यक्षमा विकास लामा, सचिवमा राजकुमार लामा, कोषाध्यक्षमा भुषण क्षेत्री तथा सदस्यहरूमा उदय यादव, अजय कुर्मी, सयाम लामा लगायत रहेका प्रवक्ता मुन्टु गरीले जानकारी दिए।
नवनिर्वाचित अध्यक्ष आयूष भुजेलले आफ्नो कार्यकालमा संस्थाको विकास र प्रभावकारी कार्यक्रममार्फत परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। लामो समयदेखि रिकभरिङ नेपालले प्रभावित समुदायका लागि मानव तथा स्वास्थ्य अधिकार सुनिश्चित गर्न वकालत र पैरवी कार्यक्रम गर्दै आएको छ ।
Post Views: 133