२०८३ भाद्र २२ गते, सोमबार २०:५९

उल्लास होइन, दुर्घटनाको कारण बन्ने गरेको छ मदिराः एसएसपी कार्की

काठमाडौं-

काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख ,प्रहरी अतिरिक्त महानिरिक्षक दानबहादुर कार्कीले मनोरञ्जनको पर्यायवाची मादक पदार्थ भन्ने किसिमको गलत बुझाइ नेपाली समाजमा रहेको बताएका छन्  ।

आइतबार चाडपर्व लक्षित ट्राफिक वाक समापन कार्यक्रममा बोल्दै उनले पछिल्लो समय नेपाली समाजमा चाडपर्वको नाममा भयंकर मदिरा सेवन गर्ने प्रवृत्ति बढेको भन्दै आपत्ति जनाए ।

उनले भने,‘कतिपयले चाडवाडलाई उल्लासमय बनाउने भनेर आफ्नो जिउ,ज्यानको क्षति हुनेगरी मदिरा सेवन गरेर हिँडेको पनि पाईन्छ । नेपाली समाजमा मादक पदार्थको सेवन गर्ने चलन भएतापनि पनि पछिल्लो समयमा छन् भयंकर सेवन गर्ने,मनोरञ्जनको पयार्यवाची मादक पदार्थ भन्ने किसिमको गलत बुझाईको कारणले कयौँ होनाहार व्यक्तिले पनि जीवन गुमाएको अवस्था छ ।’

त्यस्तै उनले चाडपर्वको बेला पालना गर्नुपर्ने सबै किसिमका टाफिक नियमहरु पालना गर्न आग्रह गरे ।

दशैैँ लगायतका चाडपर्व शान्त रुपले पनि मनाउन सकिँदो रहेछ भन्ने सन्देश दिनेगरी संयमता अपनाउन सबैमा उनले अपिल गरे ।

प्रतिक्रिया

बाढीका मृतकप्रति वीरगन्जमा भावपूर्ण श्रद्धाञ्जली: घण्टाघर र माईस्थानमा हिन्दू स्वयंसेवक संघ, रास्वपा र नेवाः समुदायद्वारा दीप प्रज्वलन

वीरगन्ज– देशमा आएको विनाशकारी बाढी र प्राकृतिक विपद्का कारण अकालमा

बाढीका मृतकप्रति वीरगन्जमा भावपूर्ण श्रद्धाञ्जली: घण्टाघर र माईस्थानमा हिन्दू स्वयंसेवक संघ, रास्वपा र नेवाः समुदायद्वारा दीप प्रज्वलन

वीरगन्ज– देशमा आएको विनाशकारी बाढी र प्राकृतिक विपद्का कारण अकालमा

पोडकास्ट सुन्नुहोस