२०८२ आश्विन २० गते, सोमबार १३:४०

पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै बर्षा वीरगन्जमा

काठमाडौं-

पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै वीरगञ्जमा ६४ मिलिमिटर बर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार गौरमा ५७ मिलिमिटर वर्षा भएको छ । त्यस्तै महेशपुरमा ५३, कलैयामा ५४, टाँडीमा ५० र ठोरीमा ४८ मिलिमिटर वर्षा भएको छ।

काठमाडौँ उपत्यकामा गोदावरी स्टेशनमा सबैभन्दा धेरै ४१, खुमलटारमा २८, चन्द्रागिरीमा ३५, नगरकोटमा ३०, कपनमा २० र कलंकीमा २३ मिलिमिटर वर्षा भएको छ। कोशी, लुम्बिनी र सुदूरपश्चिममा भने कममात्रै वर्षा भइरहेको छ।

पोडकास्ट सुन्नुहोस