२०८२ आश्विन २० गते, सोमबार १३:५१

वीरगन्ज महानगरपालिकाको सूचना : बाढी जोखिम बढेसँगै उच्च सतर्कता अपनाउन आग्रह

आपतकालीन उद्धारका लागि तलका सम्पर्क नम्बरहरू सार्वजनिक

वीरगन्ज-

निरन्तरको वर्षा र बढ्दो बाढी जोखिमका कारण वीरगन्ज महानगरपालिकाले उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ।

महानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै हिजोदेखि पर्सा जिल्ला सहित वीरगन्जका विभिन्न क्षेत्रमा लगातार र भारी वर्षा भइरहेको र जल तथा मौसम विज्ञान विभागको अनुसार आगामी केही घण्टासम्म पनि वर्षा जारी रहने सम्भावना रहेको जनाएको छ।

महानगरले दिएको जानकारीअनुसार भेडाहा खोलो, तिलावे र सिर्सिया नदीमा बाढी आउने तथा डुबानको जोखिम बढ्न सक्ने देखिएकाले जोखिमयुक्त स्थानमा नजान र सतर्क रहन सबै नागरिकलाई अनुरोध गरिएको हो।

महानगरका अनुसार बाढी वा अन्य विपदमा पर्न सक्ने नागरिकको उद्धारका लागि नगर प्रहरी, विपद् व्यवस्थापन, स्वास्थ्य, विद्युत् र सरसफाइ शाखाका कर्मचारीहरू तयारी अवस्थामा राखिएका छन्।

महानगरले आपतकालीन उद्धारका लागि तलका सम्पर्क नम्बरहरू सार्वजनिक गरेको छः

  • आशिक मिया (नगर प्रहरी): ९८०४२७७०५५
  • विभा मिश्र (विपद् व्यवस्थापन): ९८४५०९५१२१
  • सर्फुदिन मिया (पानी निकास): ९८१६२८५००५
  • राजिव उपाध्याय (विद्युत् व्यवस्थापन): ९८४९०३५७१५
  • राजु प्रसाद साह (स्वास्थ्य): ९८४५३३१३८१

पोडकास्ट सुन्नुहोस