२०८३ असार ११ गते, बिहीबार ०५:५१

सर्लाहीमा लागू औषधसहित एक युवक पक्राउ

सर्लाही-

सर्लाहीमा लागू औषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको बागमती नगरपालिका – ६ राधाकृष्ण मन्दिर नजिक बाँसघारीबाट प्रहरीले एक युवकलाई लागू औषधसहित नियन्त्रणमा लिएको हो।

प्रहरी चौकी राजघाटबाट खटिएको टोलीले गत मंगलबार साँझ स्थानीय २८ वर्षीय जीवन घिसिङलाई शंकास्पद अवस्थामा बसिरहेको देखेपछि नियन्त्रणमा लिएर खानतलासी गरेको थियो। खानतलासीका क्रममा उनको साथमा रहेको कालो प्लास्टिकको झोलाबाट विभिन्न प्रतिबन्धित लागू औषधहरू फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले उनको साथबाट ट्रामन–५० लेखिएको २१४ क्याप्सुल, स्पास्मोम लेखिएको २०० क्याप्सुल, करिब २५ ग्राम गाँजा, नेपाली नगद रुपैयाँ २,५३०, सिम कार्ड नम्बर ९७०४०३३५८२ सहितको मोबाइल फोन १ थान, र बा.प्र. ०२ – ०३० प ५५७० नम्बरको एनएस मोटरसाइकल १ थान बरामद गरेको छ।

पक्राउ परेका घिसिङलाई इलाका प्रहरी कार्यालय बरहथवमा राखिएको छ। इलाका प्रहरी कार्यालय बरहथवाका अनुसार उनलाई लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी सम्मानित जिल्ला अदालत सर्लाहीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ।

प्रतिक्रिया

रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया

मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, हिन्दू पक्षकोअडानपछि प्रजिअको निर्देशन

वीरगन्ज– मुस्लिम धर्मावलम्बीहरूको आगामी चाड दाहा (मोहरम/ताजिया) पर्वलाई पूर्ण रूपमा

पोडकास्ट सुन्नुहोस