२०८२ आश्विन २४ गते, शुक्रबार १९:०४

गण्डक चौकमा मिनी बस दुर्घटना, मोटरसाइकल चालक गम्भीर घाइते

वीरगन्ज-

वीरगन्ज–पथलैया सडकखण्डअन्तर्गत गण्डक चौकमा आज बिहान भएको सवारी दुर्घटनामा एकजना मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।

पथलैयाबाट वीरगन्जतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१ ख २३४५ नम्बरको मिनी बस आज बिहान करिब ११ः३० बजे गण्डक चौक नजिक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरी चौकी गण्डकका अनुसार, तीव्र गतिमा आइरहेको मोटरसाइकललाई जोगाउने क्रममा मिनी बस अनियन्त्रित भई सडक किनारमा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा मिनी बसमा कुनै जनहानि नभएको तर मोटरसाइकल चालक गम्भीर घाइते भएको बताइएको छ।

घाइतेलाई उपचारका लागि वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी किशोर लम्सालले जानकारी दिनुभयो।

पोडकास्ट सुन्नुहोस