२०८२ आश्विन २४ गते, शुक्रबार २०:३९

पर्सामा ४ सय ९० हेक्टर क्षेत्रफलमा लगाएको वालीमा क्षती

बिजय चौहान/वीरगन्ज-

अरिल वर्षका कारण आएको बाढीले पर्सा जिल्लामा  ४ सय ९० हेक्टर भन्दा बढी क्षेत्रफलमा लगाएका धान तथा तरकारी खेतीमा क्षती पुगेको छ । गत असोज १७ र १८ गते भएको अविरल वर्षाका कारण पर्सा जिल्लाको विभिन्न पालिकामा लगाइएका ४ सय ७५ हेक्टर क्षेतफलको धान र १५ हेक्टर क्षेत्रफलमा लगाइएको तरकारी खेतीमा क्षती पुगेको हो ।

कृषि ज्ञान केन्द्र पर्साले उपलब्ध गराएको तथ्याँक अनुसार पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकाल, पोखरिया नगरपालिका, जिराभवानी गाँउपालिका, पटेर्वा सुगौलि गाँउपालिका,विन्दवासनि गाँउपालिका र ठोरी गाँउपालिकाले उपलब्ध गारएको तथ्याँ अनुसार उक्त क्षेतफलमा लगाइएका धान तथा तरकारी वालीमा आंसिक तथा पूर्ण क्षती पुगेको छ ।

वीरगन्ज महानगरपालिका र पोखरिया नगरपालिकामा वर्षाका कारण करिब १५ हेक्टर क्षेत्रफलमा लगाइएको तरकारी खेतिमा पूर्ण क्षती भएको छभने अन्य पालिकाले उपलब्ध गराएको विवरण अनुसार ४ सय ७५ हेक्टर क्षेत्रफलमा लगाएको धानवालीमा आंसिक तथा पूर्ण क्षती भएको कृषि ज्ञान केन्द्रका पर्साका वालि संरक्षण अधिकृत उमेश थापाले जानकारी दिनुभयो।

उहाँले असार १७ र १८ गतेको अविरल वर्षका कारण खेतमा लगाइएको वालिमा पुगेको क्षतीको विवरण विहिबार सांझसम्म कार्यालयलाई उपलब्ध गराउन १४ वटै पालिकालाई पत्रचार गरेपनि मात्र ६ वटापालिकाले क्षतीको विवरण शुक्रबार अपराह्न्नसम्म  कार्यालयलाई उपलब्ध गराएको बताउनुभयो।

जिल्लामा सबै भन्दा बढी विन्दवासनि गाँउपालिकामा  ३ सय ८४ हेक्टर र सबै भन्दा कम पटेर्वा सुगौलीमा २ हेक्टर क्षेत्रफलमा लगाएको वालिमा क्षती भएको अधिकृत थापाले जानकारी दिनुभयो। उहाँले जिरा भवानी गाँउपालिकामा वर्षाको पानीले १ सय ५३ हेक्टरमा लगाइएको धानवालीलाई पूर्ण रुपमा क्षती पुर्याएको छ भने,२ सय ३१ हेक्टरको धानवालीमा आंसिक क्षती पुर्याएकोे बताउनुभयो।

पालिकाहरुले उपलब्ध गराएको तथ्याँक अनुसार वीरगन्ज महानगरपालिकामा ४९.१ हेक्टर, पोखरिया नगरपालिकामा ४०.५ हेक्टर,जिरा भवानी गाँउपालिकामा १४.६५ हेक्टर धान तथा तरकारी वालिमा पूर्ण तथा आंसिक क्षती पुगेको छभने, ठोरी गाँउपालिकामा बढीले खेतमा लगाएको वालीलाई हानि नोक्सानी नगरेपनि गाँ.पाको केही स्थानमा रहेको खोतियोग्य जग्गालाई कटान गरेको अधिकृत थापाले जानकनरी दिनुभयो।

उहाँले पालिकाले उपलब्ध गराएको विवरण अनुसार पालिकामा कती खेतियोग्य जग्गा वाढीले कटान गरेको यसको विवरण आउन बाकी रहेको भएपनि गाँ.पाको वडा नं १,२,३ र ५मा रहेका खाने पानीको मुहान तथा सिचाई गर्ने विभिन्न कुलोलाई ठुलो क्षती पुर्याएकोे पालिकाले उपलब्ध गराएको विवरणमा उलेख गरिएको अधिकृत थापाले गोप्यखबरलाई जानकारी दिनुभयो ।

पोडकास्ट सुन्नुहोस