२०८२ आश्विन २९ गते, बुधबार १८:११

सरकारले तोकिएकै समयमा निर्वाचन गराउनुपर्छ : प्रदीप यादव

वीरगन्ज-

जनता समाजवादी पार्टीका उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप यादवले सरकारले तोकिएको समयमै अर्थात आगामी फागुन २१ गते देशमा निर्वाचन गराउनुपर्ने बताएका छन् ।

आज जसपा जिल्ला समिति, पर्साले आयोजना गरेको अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उनले सरकारले तोकिएको समयमै निर्वाचन गराउनुपर्ने तथा राष्ट्र निर्माणमा जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् ।

उपमहासचिव यादवले तोकिएको समयमा निर्वाचन गराउन सरकार प्रतिबद्ध हुनु पर्ने र सबै दलहरुलाई निर्वाचनमा सहभागी गराउन वर्तमान सरकारले आवश्यक पहल चाल्नु पर्ने धारणा राखे ।

उनले भने, ‘सरकारले आगमी फागुन २१ गते निर्वाचन गराउनुपर्छ । निर्वाचनमा भागलिन हामी तयार छौँ । अन्य पार्टीलाई पनि चुनावमा सहभागी गराउनुपर्छ ।’

सोही कार्यक्रमलाई सम्बोधन गर्दै यादवले यो सरकारले मधेस विरोधी निर्णय ग¥यो भने मधेसका जनता संघर्षमा उत्रिने भएकाले वर्तमान शुसीला कार्की नेतृत्वको सरकारले मधेसका माग र मुद्दामा केन्द्रित रहेर काम गर्नुपर्ने सुझाब दिए ।

गत भदौ २३ र २४ गते देशमा उत्पन्न विसम परिस्थितबाट नेपाली सेनाले संविधानको रक्षा गर्दै राष्ट्रपतिको सहयोगमा नागरिकको सरकार बनाउन सहजीकरण गरेको र तत्कालिन सबै मन्त्रीहरु तथा नागरिकको सुरक्षाका लागि खेलेको रचनात्मक भुमिकाको प्रशंसा गर्दै उनले उक्त कार्यका लागि नेपाली सेनालाई धन्यवाद समेत व्यक्त गरे ।

पोडकास्ट सुन्नुहोस