२०८२ कार्तिक १० गते, सोमबार १४:३१

अमेरिकासँग नेपालको लज्जास्पद हार

काठमाडौं –

नेपालले आइसिसी विश्वकप लिग टु अन्तर्गत युएई त्रिकोणात्मक सिरिजमा आइतबार भएको खेलमा अमेरिकासँग १ सय ६ रनको लज्जास्पद हार बेहोरेको छ ।

जितसँगै अमेरिका लिग टु अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । टि–ट्वान्टी विश्व कप छनोटमा सानदार प्रदर्शन गरेको नेपालले आइतबार अत्यन्त कमजोर प्रदर्शन गर्यो ।

जितको लागि २ सय ६३ रनको चुनौती पछाएको नेपाल ३९.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५६ रनमा अल आउट भयो ।

नेपालले रनको खाता नखोली ओपनर कुशल भुर्तेललाई गुमायो । दोस्रो बलमा रुसिल उगार्करको बलमा ओपनर कुशल दोस्रो बलमै कट बिहाइन्ड भए ।

६९ रन जोड्दा नेपालले दोस्रो विकेटको रूपमा भीम सार्की आउट भए । उनी २९ रन जोडेर पबिलियन फर्किए । कमजोर सुरूवात गरेको नेपालले ६९ रनमा नै अर्को विकेट गुमायो । आसिफ शेख ३७ रनमा हर्मितको बलमा आउट भए ।

नेपालले कुनै पनि समय साझेदारी बनाउन सकेन । कप्तान रोहित पौडेल मात्र २ रनमा शुभम रान्जानेको बलमा आउट भए । यसपछि आरिफ शेख २० रनमा र गुलशन झा ३ रनमा पबिलियन फर्किए ।

करण केसी २ रनमा र सन्दीप लामिछाने सामना गरेको पहिलो बलमा रनको खाता नखोली आउट भए । अन्तिम विकेटको रूपमा दिपेन्द्र आउट भए । नेपालको लागि सर्वाधिक ४० रन उनले नै जोडे ।

लिग –२ मा संघर्ष गरिरहेको नेपाल १२ अंक सहित अंक तालिकाको सातौं स्थानमा छ । अमेरिका ३० अंक सहित नेट रनरेटको आधारमा शीर्षस्थानमा उक्लिएको छ । नेपालले अब बिहीबार युएईसँग खेल्नेछ ।

गृहमन्त्री अर्यालसहित तीन मन्त्री आज मधेश प्रदेश जाँदै, निर्वाचन तयारी र सुरक्षा व्यवस्थाको अवलोकन गर्ने

काठमाडौं-गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग तथा कानुनमन्त्री अनिलकुमार सिन्हा र युवा

गृहमन्त्री अर्यालसहित तीन मन्त्री आज मधेश प्रदेश जाँदै, निर्वाचन तयारी र सुरक्षा व्यवस्थाको अवलोकन गर्ने

काठमाडौं-गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग तथा कानुनमन्त्री अनिलकुमार सिन्हा र युवा

पोडकास्ट सुन्नुहोस