२०८२ कार्तिक १० गते, सोमबार १४:३३

स्वास्थ्य मन्त्री शर्माले लिइन् जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं-

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) को अवलोकन गरेकी छन् । उनले अवलोकनका क्रममा जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् ।

मन्त्री शर्मा गौतमले अस्पताल पुगेर तीन जना घाइते भेटेकी थिइन् । उनले भनिन्, ‘म टिचिङ अस्पतालमा घाइतेहरूको अवस्था बुझ्न आएकी हुँ। जेनजी आन्दोलनमा घाइते भएका तीन जना यहाँ हुनुहुँदो रहेछ । उहाँहरूको उपचारमा कुनै कमी छैन, राम्रोसँग उपचार भइरहेको छ ।’

उनका अनुसार तीन जना मध्ये दुई जनाको स्वास्थ्य अवस्था सुधारोन्मुख छ भने एक जनाको हड्डी भाँचिएको र प्लास्टिक सर्जरी गरेर उपचार भइरहेको छ ।

आन्दोलनका घाइतेहरूलाई भेटेपछि मन्त्री शर्मा गौतमले संवेदना व्यक्त गर्दै भनिन्, ‘यस्ता दृश्य देख्दा मलाई नरमाइलो लाग्यो । यो आन्दोलन व्यर्थ नजाओस् भन्ने मेरो चाहना छ ।’

उनले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरूसँग उपचारको अवस्थाबारे जानकारी लिँदै आवश्यक सहयोगका लागि मन्त्रालयबाट सक्दो सहजीकरण गर्ने प्रतिबद्धता जनाइन् ।

गृहमन्त्री अर्यालसहित तीन मन्त्री आज मधेश प्रदेश जाँदै, निर्वाचन तयारी र सुरक्षा व्यवस्थाको अवलोकन गर्ने

काठमाडौं-गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग तथा कानुनमन्त्री अनिलकुमार सिन्हा र युवा

गृहमन्त्री अर्यालसहित तीन मन्त्री आज मधेश प्रदेश जाँदै, निर्वाचन तयारी र सुरक्षा व्यवस्थाको अवलोकन गर्ने

काठमाडौं-गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग तथा कानुनमन्त्री अनिलकुमार सिन्हा र युवा

पोडकास्ट सुन्नुहोस