२०८२ कार्तिक १० गते, सोमबार १४:२८

गृहमन्त्री अर्यालसहित तीन मन्त्री आज मधेश प्रदेश जाँदै, निर्वाचन तयारी र सुरक्षा व्यवस्थाको अवलोकन गर्ने

काठमाडौं-
गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग तथा कानुनमन्त्री अनिलकुमार सिन्हा र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता आज मधेश प्रदेश जाँदै छन्।

तीन मन्त्रीसहितको उच्चस्तरीय टोलीमा गृहसचिव रामेश्वर दंगाल पनि सहभागी हुनेछन्। टोलीले जनकपुरधाममा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका तयारी, सुरक्षा स्थिति र प्रशासनिक व्यवस्थाबारे स्थलगत अवलोकन गर्ने कार्यक्रम तय गरिएको छ।

गृहमन्त्रालयका अनुसार मन्त्रीहरू र सचिवको टोलीले जनकपुरस्थित सुरक्षा निकायका कार्यालयहरू, जिल्ला प्रशासन कार्यालय र अन्य सरकारी निकायका प्रमुखहरूसँग अन्तर्क्रिया गर्नेछ।

त्यसै क्रममा उनीहरूले छठ पर्वको अवसरमा जनकपुरमा आयोजना हुने धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा समेत सहभागिता जनाउने कार्यक्रम रहेको जनाइएको छ।

मधेश प्रदेशमा हाल निर्वाचन तयारी तीव्र गतिमा अघि बढेको छ भने संघीय तथा प्रदेश तहका संयन्त्रबीच समन्वय र सुरक्षासम्बन्धी छलफल पनि जारी छ। मन्त्रीहरूको यो भ्रमणलाई आगामी निर्वाचन पूर्व सुरक्षा व्यवस्थापनको मूल्याङ्कन र समन्वय मजबुत पार्ने अवसरका रूपमा लिइएको छ।

गृहमन्त्री अर्यालसहित तीन मन्त्री आज मधेश प्रदेश जाँदै, निर्वाचन तयारी र सुरक्षा व्यवस्थाको अवलोकन गर्ने

काठमाडौं-गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग तथा कानुनमन्त्री अनिलकुमार सिन्हा र युवा

गृहमन्त्री अर्यालसहित तीन मन्त्री आज मधेश प्रदेश जाँदै, निर्वाचन तयारी र सुरक्षा व्यवस्थाको अवलोकन गर्ने

काठमाडौं-गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग तथा कानुनमन्त्री अनिलकुमार सिन्हा र युवा

पोडकास्ट सुन्नुहोस